रियाको केसलाई अदालतले भन्यो गम्भिर अदालत, अब हुनेछ अदालतको यस्तो फैसला…



३ दिनअघि सुशान्तलाई ड्रग दिने गरेको प्रमाण भेटिएपछि सुशान्तकी पूर्व प्रेमिका रिया चक्रवर्तीलाई प्रहरीले गिरफ्तार गर्यो । अहिले उनी हिरासतमा नै छिन् ।

यस्तै रियाको दोस्रो जमानत याचिका खारेज भएको छ । अदालतले रियाको गल्तीलाई गम्भिर अपराध बताउँदै उनको जमानत याचिका खारेज गरेको हो ।

यसअघि बिहीबार महानगरीय मजिस्ट्रेट अदालतले फैसला सुरक्षित राखेको थियो जुन फैसला आज सुनाइएको हो । मजिस्ट्रेट अदालतमा जमानत याचिका खारेज भएपछि रियाले महानगरीय मजिस्ट्रेट अदालतमा अपिल गरेकी थिइन् ।

नारकोटिक्स कन्ट्रोल ब्यूरोले रियालाई ८ सेप्टेम्बरमा गिरफ्तार गरेको थियो । उता प्रवर्तन निर्देशनालय ९इडी०ले पनि रियाविरुद्ध अर्को केस दायर गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्