विराटनगरमा ६९ वर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु



काठमाडौं । कोभिड-१९ अस्पताल विराटनगरमा उपचाररत एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । विरानगर-८ का ६९ वर्षीय ती पुरुषको शनिबार मध्याह्न साढे १२ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

उनी २२ गते स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल ल्याइएका थिए । सोही दिन पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । सुगर र ब्लडप्रेसरका बिरामी उनको अवस्था चिन्ताजनक बनेपछि शुक्रबार भेन्टिलेटरमा राखिएको थियो ।

उनीसहित विराटनगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ जना पुगेको प्रमुख बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस्