‘जिरे खुर्सानी’ मा ‘भोकलाग्यो’ को चरित्र निभाएर चर्चामा आएका देवीरामलाई कोरोना संक्रमण



चर्चित टेलिश्रृखंला जिरे खुर्सानी मा भोकलाग्यो को क्यारेक्टर निभाएर चर्चामा आएका कलाकार देवीराम पराजुलीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

देवीराम स्वयमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे जानकारी दिएका छन् ।

साथै उनले आफ्नो स्वास्थ्यमा सुधार आइरहेको पनि बताए । जिरे खुर्सानी बाट चर्चामा आएका देवीरामले अन्य टेलिसिरियलमा पनि काम गरे । पछिल्लो समयमा भने उनी कलाकारिता क्षेत्रमा त्यति देखिएका छैनन् ।  a

प्रतिक्रिया दिनुहोस्