यी हुन् अभिनेताले भन्दा बढी पारिश्रमिक पाउने बलिउड नायिकाहरु…



नेपाली चलत्रिच क्षेत्रमा होस् वा बलिउड चलचित्र क्षेत्रमा, चलचित्रमा काम गरेबापत नायिकाले भन्दा नायकले बढी पारिश्रमिक लिने गरेका छन् । यस विषयमा बारम्बार प्रश्न पनि उठ्ने गरेको छ ।

तर बलिउडमा यस्ता केही अभिनेत्रीहरु पनि छन्, जसले नायकले भन्दा बढी पारिश्रमिक लिने गरेका छन् ।

आलिया भट्ट– बलिउडकी सर्वाधिक महंगी अभिनेत्रीको रुपमा परिचित छिन्, आलिया भट्ट । उनले चलचित्र राजी मा १० करोड लिएकी थिइन् । जबकी चलचित्रमा उनका को स्टार विक्कि कौशलले ४ करोड मात्र पाएका थिए । आलियाले एउटा चलचित्र गरेबापत २२ करोडसम्म लिने गरेकी छिन् ।

कगंना रनावत– आफ्नो दमदार अभिनयका कारण सधैँ चर्चा रहने नायिका कगंना रनावत पनि बलिउडकी महंगी नायिकाको सुचीमा पर्छिन् । साथै उनले ‘रंगुन’ मा सैफ अली खान र शाहिद कपूरले भन्दा बढी पारिश्रमिक लिएकी थिइन् ।

दिपिका पादुकोण– दिपिका पादुकोण चलचित्रमा काम गर्दा निकै मेहेनत गर्छिन् र त्यहि अनुसारको पारिश्रमिक पनि लिन्छिन् । उनले चलत्रिच पद्यावतको लागि १२ करोड लिएकी थिइन् । सोहि चलचित्रमा दिपिकाका को स्टार रणवीर सिंहले भने ८ करोड मात्र लिएका थिए । दिपिकाले एउटा चलचित्र गरेबापत २६ करोडसम्म लिने गरेको भारतीय मिडियाले जनाएको छ ।

श्रद्धा कपुर– यी अभिनेत्री फिल्मका लागि २३ करोड चार्ज लिन्छिन् । एक रिपोर्टका अनुसार उनले फिल्म ‘स्त्री’ का लागि ७ करोड लिएकी थिइन् । भने सोही फिल्मका हिरो राजकुमार रावलाई कम पारिश्रमिक दिइएको थियो ।

करीना कपुर– करीना कपुर पनि बलिउडकी सर्वाधिक पारिश्रमिक लिने नायिकाको सुचमिा पर्छिन् । उनले ‘वीरे दी वेडिंग’ को लागि ७ करोड लिएकी थिइन् जुन फिल्मका को स्टारको भन्दा बढी थियो ।

प्रतिक्रिया दिनुहोस्