आफ्नो बोलीको कारण धेरै ट्रोलमा आउने नायिकामा आँचल शर्मा पनि पर्छिन् । बोल्न नजान्दा धेरैपटक उनी ट्रोल भएकी छिन् । हालैमात्र पनि उनी पब्जी र टिकटकको कुरा गर्दा निकै नराम्रोसँग ट्रोल भइन् ।
पहिले पहिले ट्रोल गर्दा आँचललाई रिस उठ्थ्यो । तर आजभोली आँचलले ट्रोल गर्नेहरुलाई सकरात्मक रुपमा लिन थालेकी छिन् । कसैले उनको आलोचना गर्यो भने उनी त्यसको जवाफ दिने भन्दापनि त्यो कुरालाई हाँसेर उठाइदिन्छिन् ।
आँचल कसैले ट्रोल गर्दैमा आफ्नो मुस्कानमा त्यसले फरक नपार्ने तर्क राख्छिन् । आँचलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनिन्, ‘म हाँसेको देखेर रिसाउनेलाई पनि लभ यू ।’ उनको यो लेखबाट के भाव हुन्छ भने आफ्नो मुस्कान देख्दा रिस उठ्ने मानिससँग पनि कुनै गुनासो नभएको भन्न खोजिएको छ ।