काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बितेको २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ९ सय ३० नयाँ सक्रमित थपिएको जनाएको छ । संगठनका अनुसार भारत, अमेरिका र ब्राजिलमा संक्रमणको तीब्र बुद्धि देखिएको छ ।
संगठनको रिपोठर्ट अनुसार शनिबार भारतमा ९५ हजार ३ सय ७२ जना नयाँ संक्रमित फेला परेका छन् । भने अमेरिका र ब्राजिलमा क्रमश : ४५ हजार ५ सय २३ र ४३ हजार ७ सय १८ नयाँ संक्रमित फेला परेका छन् ।
यस्तै अमेरिक र भारतम यही अवधिमा हजार बढी मानिसहरुको मृत्यु भएको छ । रिपोर्टमा २४ घण्टाको अवधिमा ब्राजिलमा ८ सय ७४ जनाको मृत्यु भएको जनाइएको छ ।
यसै अवधिमा संसार भर ५५ सय बढी मानिसको कोरोनाका कारण मृत्यु भएको उसको रिपोर्ट छ । यो सँगै कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ९ लाख १७ हजार ४ सय १७ पुगेको छ ।
संक्रमित संख्या विश्वमा दुई करोड ८० लाख नाघेको उसको भनार्य छ । संक्रमितको करिब आधा संख्या अमेरिकाबाट रहेको संगठनले जनाएको छ ।
संगठनका प्रवक्ताले ६ सेप्टेम्बरमा महामारी सुरू भएयताकै सर्वाधिक संख्यामा संक्रमित फेला परेको बताएका छन्। यो दिन ३ लाख ६ हजार ८ सय ५७ जनामा संक्रमण पुष्टि भएको थियो। अमेरिकापछि सबैभन्दा धेरै संक्रमित भारतमा पुष्टि भएको संगठनको तथ्यांक छ।