बालदिवसको अवसरमा प्रधानमन्त्रीलाई गौरी मल्लको अनुरोध : ‘बालबालिकालाई चन्दन बनाउनुहोस्’



नायिका गौरी मल्लले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्रीसँग बालबालिकालाई चन्दन बनाउन आग्रह गरेकी छिन् । आज भदौ २९ अर्थात बालदिवस ।

बालदिवसको अवसरमा उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रधानमन्त्रीसँग ओझेलमा परेका बालबालिकाको लागि सरकारले सोच्न आवश्यक रहेको बताएकी छिन् ।

गौरीले लेखेकी छिन्, –‘टेलिभिजनको स्क्रिनमा सरकारले बालबालिकालाई अभिभावकत्व प्रदान गर्छ भन्ने प्रधानमन्त्रीज्यूको सन्देश हेर्न पाइयो । तर, विगत धेरै बर्ष यतादेखि तपाइको मुलुकका कुनै पनि बालबालिकाहरुले यहाँले दिनुभएको सन्देश अनुभुती गर्न त के सोच्न सम्म पनि पाएका छैनन् । यो कुराको जानकारी होला प्रधानमन्त्रीज्यूलाई रु मलाई लाग्छ यहाँ पक्कै पनि यस्ता सानातिना, झिनामसिना कुराबाट अनविज्ञ नै हुनुहुन्छ । होइन भने, यस्तो अभिव्यक्तिले दुनियाँ हसाउँनु बाहेक अरु केही पनि मुलकुलाई प्राप्त हुने छैन ।’

 

प्रतिक्रिया दिनुहोस्