कसैले काउकुती लगाउँदा किन हाँसो लाग्छ ? यस्तो छ वैज्ञानिक कारण…



हाम्रो मुड अफ छ, अनि कसैले हामीलाई हसाँउन चाहन्छन् भने काउकुती लगाउने गरिन्छ । जस्तो मान्छेलाई पनि काउकुती लगाएपछि भने हाँसो लाग्छ । तर फेरि कतिलाई काउकुती लगाएको मन पर्छ त कतिलाई मन पर्दैन ।

काउकुती पनि २ किसिमले लगाउन सकिन्छ । हल्का किसिमले र दबाब दिएर काउकुती लगाउन सकिन्छ । काउकुती लगाउनु एक हिसाबले स्वास्थ्यको लागि फाइदाजनक भएको वैज्ञानिकहरु बताउँछन् ।

वैज्ञानिकका अनुसार मानिसको छालामा स्पर्श हुँदा छालामा रहेका स्नायु टुप्पोले हाम्रो मष्तिष्कमा विद्युतीय सन्देश पठाउँछन् । काउकुती लगाउँदा हामीलाई किन हाँसो लाग्छ भने, स्नायुले पठाएको तरंग एकैपटक दुई भागमा पुग्छ– एउटा स्पर्शको विश्लेषण गर्ने भागमा र अर्को आनन्दको सञ्चार गर्ने भागमा ।

तर, धेरै बेर काउकुती लगायो भने यसले हाँसो मात्र दिँदैन । काउकुती लगाउँदा मस्तिष्कको त्यो भागलाई पनि सक्रिय पार्छ जसले हामीलाई आत्तिएको महसुस गराउँछ ।

हामी आफैँले आफैलाई काउकुती लगाउँदा भने काउकुती लाग्दैन । यसको पनि बेग्लै वैज्ञानिक कारण रहेको छ ।

हाम्रो मस्तिष्कमा भएको सेरेबेलम भन्ने भागले हामीले गरेको गतिविधिमा ध्यान दिन्छ । त्यो भागले शरीरमा हुने स्वभाविक वा अस्वभाविक तरंगहरु थाहा पाउन वा छुट्याउन सक्छ ।

अर्थात्, तपाईं के गर्दै हुनुहुन्छ भन्ने सेरेबेलमले पहिल्यै थाहा पाउने भएकाले आफैले काउकुती लगाउँदा मस्तिष्कले कुनै प्रतिक्रिया जनाउँदैन ।

 

प्रतिक्रिया दिनुहोस्