कगंना रनावत ५ दिनअघि बिबिसीले उनको मुम्बईस्थित भवन तोडफोड गर्ने धम्की दिएपछि मनालीबाट मुम्बई आएकी थिइन् । अहिले उनी मनाली फर्किसकेकी छिन् ।
मुम्बई आएपछि कंगनाले महाराष्ट्र सरकारको विरुद्धमा आवाज उठाइन् । मनाली फर्किनु अगाडि ट्विट गर्दै कंगनाले लेखेकी छिन्–‘भारी मन लिएर म फर्किदैछु । मलाई कमजोर संझिएर मानिसहरु निकै ठूलो भुल गर्दैछन् ।
केहीसमय देखि कगंनाको बिबिसीसँग कुरा मिलिरहेको थिएन । उनले बारम्बार सामाजिक सञ्जालमा स्टाटस लेख्दै आक्रोश पोखिरहेकी थिइन् । कगंनाले यो केसलाई आफूले त्यसै भने नछोड्ने बताएकी छिन् ।