बलिउड अभिनेता सलमान खान विभिन्न कारणले विवादमा आइरहेका हुन्छन् । हालैमात्र पनि उनी विवादमा तानिएका छन् । कालो हरिण शिकार मामिलामा सलमान खानलाई जिल्ला एवं सत्र न्यायालय जोधपुरले २८ सेप्टेम्बरमा पेश हुन आदेश दिएको छ ।
सोमबार सलमानको याचिकामा कालो हरिण शिकार प्रकरण र राज्य सरकारको याचिकामा हातहतियार सम्बन्धि मुद्दाको सुनुवाई पूरा हुन सकेन तसर्थ सलमानलाई अर्को सुनुवाईमा अदालतमा आफैं पेश हुन आदेश दिइएको छ ।
सलमान अदालतमा भने पेश हुने हुन् वा होइनन् त्यो भने थाहा छैन ।