हाल अमेरिकामा रहेकी नायिका नन्दिता केसीले विभिन्न माध्यममार्फत कोरोनाका कारण समस्यामा परेका चलचित्रका प्राविधिकलाई राहत उपलब्ध गराएकी छिन् । कोरोनाका कारण फिल्म क्षेत्र यतिबेला ठम्म छ ।
काम नभएपछि फिल्मका प्राविधिकहरुको बिजोग भएको छ । केही कलाकारहरुले चलचित्रका प्राविधिकहरुलाई यसअघि सहयोग गरेका थिए । नन्दिताले पनि सहयोगको हात अगाडी बढाएकी छिन् ।
उनले दिएको राहतमा सीले उपलब्ध गराएको राहतमा ग्यास किन्ने पन्ध्र सय रकम सहित चामल एक बोरा, तेल (२ लिटर), दाल (दुई किलो), चिउरा (दुई किलो), र साबुन ६ वटा लगायत रहेको छ ।
प्राविधिकसँगै नायिका केसीले मोटसाइकल दुर्घटनामा परेका कलाकार सन्नी रसाईलीलाई समेत पन्ध्र हजार नगद सहयोग गरेकी छिन् ।