काठमाडौं । भनिन्छ शिक्षा नै चेतनाको प्रथम मुहान हो साथै समाज बिकास र परिवर्तनको मुल आधार हो । विषयवस्तु उपर गहन बोध गर्ने,दृष्टिगोचर गर्ने आँखा हो । आम मानिसहरुलाई जिम्मेवार, समझदार, इमान्दार, अध्यायनशिल, गतिशिल र चेतनशिल बनाउने पनि शिक्षाले नै हो । यही कारणले जनता जागरुक हुन्छ र आफ्नो शासनसत्तामाथी खतरा उत्पन्न हुन्छ भनेर राणा शासनले आम सर्वसाधारणलाई शिक्षा बाट वन्चित गराउन खोजे ।
तर नेपाली जनताको शैशिक यात्रा भारतको विभिन्न शैक्षिक संस्थाहरुमा हुन थाल्यो । त्याहा उनिहरु भारतिय स्वतन्त्रता संग्राम आन्दोलन र माहात्मा गान्धिको अंग्रेज बिरोधी आन्दोलन संग नजिक हुने संभावना बढ्यो । जसको कारण नेपाली बिद्यार्थीहरुमा पनि चरम रुपमा अंग्रेज बिरोधी भावनाहरु जन्मिने डरले अंग्रेजहरुको कठपुतली राणा शासनले नेपालमा पनि अंग्रेजहरुकै अनुरोध र सहयोगमा विद्यालय र क्याम्पसहरु खोल्न बाध्य हुनुपर्ने परिस्थिती सिर्जना भयो । जसको परिणाम स्वरुप इच्छा नहुदा नहुदै चन्द्र शमशेरले त्रिचन्द्र क्याम्पसको स्थापना गर्नु पर्यो ।
प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाले राजपरिवार र राणा परिवारको छोराहरुले मात्र पढ्न पाउने गरि दरबार हाई स्कुलको स्थापना गरेका थिए । यहाँ सर्वसाधारण लाई पढ्नको लागि अनुमती थियन । हुनत यो समय भन्दा अगाडि पनि शैक्षिक गतिबिधी नभएको हैन तर यस्तो शैक्षिक गतिबिधी लुकेर वा घरमै गुरु राखेर मात्र संभव थियो ।
आज हामी त्यो अवस्था र ब्यावस्थ बाट पार गरेर संघिय लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्थामा छौ । यस बिचमा हामिले थुप्रै आरोह अवरोहहरु खेप्यौ ।खाले खाले निरंकुशता संग लड्यौ र जित्यौ । हजारौ,लाखौ परिवर्तनकारीहरुले बलिदानी दिए,मारिए,सहिद भए।जसको कारण सबै क्षेत्रमा संख्यात्मक र गुणात्मक परिवर्तन भयो । यसै गरि शिक्षामा पनि हामिले यो दुवै प्रकारको परिवर्तन खोजेको हो तर शैक्षिक क्षेत्रमा आज हेर्दा संख्यात्मक परिवर्तन मात्र भएको देखिन्छ ।
अहिले हाम्रो देशमा झन्डै ३६ हजार विद्यालयहरु,११ विश्वविद्यालयहरु, विश्वविद्यालयहरुको मातहतमा करिब १५०० क्याम्पसहरु रहेको छ । बिद्यालयहरु मध्य ६ हजार भन्दा बढि निजि बिद्यालयहरु छन । शिक्षालयहरुको संख्यामा वृद्धि संगै शिक्षामा महिला ,जनजाती, दलित, अल्पसंख्यक,सिमन्तकृतहरुको सहभागिता पनि बढेको छ ।
जसकारण आज बिद्यालय शिक्षामा करिव ७५ लाख बिद्यार्थीहरु अध्ययनरत छन भने विश्वविद्यालय शिक्षामा करिव ५ लाख ३० हजार बिद्यार्थीहरु अध्ययनरत छन । यसरी तुलना गर्दा र हेर्दा नेपालमा संख्यातमक रुपमा शिक्षामा क्रान्तिकारी परिवर्तन आएको देखिन्छ । तर शिक्षाको मुल उद्देश्य भनेको गुणात्मक परिवर्तन नै हो । जुन परिवर्तन हेर्दा अत्यन्तै कमजोर देखिन्छ ।
यहाँ त आज पढेको छु भन्नको लागि मात्र पढेको देखिन्छ । बिद्यार्थीहरु कती दक्ष छ भन्ने कुराको मापन उसले अंग्रेजी भाषा कति जान्दाछ त्यसको आधारमा मात्रै गरिन्दैछ । यदि हाम्रो शिक्षा गुणस्तरीय भैदिएको भए ।यतिखेरसम्म ‘पढिलेखी के काम हलो जोति मामू भन्ने पुरानो उखान लोप भैसक्थ्यो होला । यति धेरै बेरोजगार युवा जन्मिने थिएन होला । अथवा बेरोजगारहरु पनि स्वरोजगार बन्न सकिन्थ्यो होला । सामाजिक विभेद, कुरिती, कुसंस्कार,जातिय छुवाछुत, हत्या, हिंसा, बलात्कार र यौन हिंसाको अत्य हुन्थ्यो होला ।
सायद पढ्नु भनेको जागिर खानुको लागि मात्र हो भन्ने मानसिक्ता पनि हट्थ्यो होला । पढ्नु भनेको चेतनाको बिस्तार गर्नु हो,अँध्यारो समाज देखि उज्यालो समाज तिर लम्कनु हो,गलत र सहि छुट्याउन सक्नु हो भन्ने बुझिन्थ्यो होला । आज बिद्यार्थीको अविभावकहरुलाई पनि आफ्नो छोराछोरिको क्षमता वृद्धि र वास्तविक मुल्यांकनको भन्दा बढी सरोकार पास र फेलको छ । कति ब्याबहारीक भयो भन्दा पनि कती नम्बर आयो ? कुन श्रेणिमा पास भयो ? ध्यान त्यता छ ।
शैक्षिक संस्थाहरुको ध्यान ब्याबहारिक र दक्ष बिद्यार्थी उत्पादन गर्ने भन्दा पनि बढी भर्ना गराउने र पास गराउनेमा छ । यदि हामिले शिक्षाको वास्तविक महत्व बुझेको भए । सानो देखी ठूलो सम्मलाई पढेर लाहुरे हुनु, डक्टर बन्नु,इन्जिनियर बन्नु,पैसा कमाउनु,जागिरे बन्नु,अरु भन्दा ठूलो हुनु भनेर मात्रै आशिर्वादको शब्द छरिन्दैन थियो होला । सबल आर्थिक अवस्था भएको हरुले पनि आफ्नो बच्चालाई सानैमा ए बि सि डि नजानिकन तिमी के बन्ने भनेर प्रश्न गर्दा म डाक्टर बन्छु,इन्जिनियर बन्छु भनेर कण्थस्त पार्न लगाइन्दैन थियो होला । बिद्यार्थीहरुको रुचि बिपरित आफ्नो देखासिखी पूरा गर्नु जब्बरजस्ती अर्कै बिषय पढ्न लगाइदैन थियो होला । यी तमाम घट्नाहरुको पछाडीको प्रमुख कारण हाम्रो शैक्षिक गुणस्तरमा कमि हुनु र शैक्षिक चेतना र खास महत्त्व थाहा नहुनु नै हो ।
हाम्रो विश्वविद्यालय र राज्यले समान शिक्षा दिन सकिरहेको छैन । आज एउटै शैक्षिक संस्थामा एउटै तहमा एकै प्रकारको बिषयको अध्ययन गर्ने बिद्यार्थीहरुले फरक फरक शिक्षा लिइहरेको छ । जसले गर्दा समाजमा शैक्षिक विभेद र मानसिक असरहरु देखापरिरहेको छ । यसरी पैसा हुनेले एउटा र पैसा नहुनेले अर्को शिक्षा लिनु पर्ने कुराले ूसक्नेले गर्छ नसक्ने ले हेर्छू भन्ने कुरा लाई प्रसय दिइरहेको छ । यसरी समाजमा सरकारले दुई प्रकारको बिद्यार्थी उत्पादन गर्छ भने त्यो पक्कै बिभेदकारी नै हुन्छ ।
यसले समाज लाई झन ठूलो खाडलमा लाने निश्चित छ । यस्तो खाले शिक्षा प्रणालिले गुणस्तरीयता बढाउदैन । त्यसैले यसको अन्त्य गरेर समान शैक्षिक प्रणालिको पुन सुरुवात गर्नु पर्दछ । हिजो कुखुराको प्वांख र बासको सिटाले धुलोमा लेखपढ गरेको हाम्रो बाउबाजे भन्दा आज आधुनिक प्रबिधी र सुबिधामा पढेको हामिमा चेतना र गुणस्तरमा किन कमि देखियो ? मुल प्रश्न यो हो । अहिले शिक्षाको गुणस्तर कम्जोर भएर होला स्वंम बिद्यार्थीहरु पनि सिक्न त्यति धेरै तत्पर देखिन्दैन जसको कारण सिकाइ पनि प्रभावकारी देखिन्दैन । बिद्यार्थीहरु भर्ना गर्न आउने तर कक्षामा उपस्थित नहुने परिपाटिको बिकास भैरहेको छ । यसको प्रमुख पाटो भनेको शिक्षाप्रतिको मोह र महत्त्व घट्दै जानू नै हो ।
बिद्यार्थीहरुको शैक्षिक हकअधिकार,शैक्षिक संस्था र शिक्षालाई गुणस्तरीय बनाउन पहलकदमि,दबाब,जागरण र आन्दोलनको भुमिका निर्वाह गर्ने बिद्यार्थी संगठनहरु संग आज कुनै शैक्षिक कार्यक्रम र स्पष्ट मुद्दा छैन । बरु संगठनको नेताहरु आज शिक्षामा लगानी गरेर शैक्षिक व्यापार गर्न तल्लिन छ । हामिलाई समाजवादको बाटोमा डोर्याउने शिक्षा आज दलालहरुको पन्जामा छ । यसरी हेर्दा आज शिक्षा समाज परिवर्तन र चेतनाको बिकास गर्ने प्रमुख साधन भन्दा पनि नाफा कमाउने उपयुक्त हतियार जस्तो देखिएको छ ।
के यसरी शिक्षाको गुणस्तरमा वृद्धि होलात ?
राणा प्रधानमन्त्री पद्मशम्शेरको प्रधानमन्त्रीत्वकालमा संस्कृत अध्ययन गर्ने विद्यार्थीहरुले विभिन्न माग राखी ुजयतु संस्कृतम्ु आन्दोलन विभिन्न ठाउमा गरेको भेटिन्छ । त्यस पछि पनि शैक्षिक अधिकार र गुणस्तरको आन्दोलनहरु प्रसस्तै भयो । यस्तो आन्दोलन गर्दा धेरै विद्यार्थी र आन्दोलनकर्ताहरु छात्रावास बाट निकालिए,कोहि नजरवन्दमा परे,कोहि धरपकडमा परे भने कोहि देश निकाला भए ।
यस्तो कठोर आन्दोलन र संघर्षहरु गर्दा पनि हाम्रो शिक्षा किन ब्याबहारिक र गुणस्तरीय बनाउन सकियन ? बिद्यार्थीहरुको हकहित,शैक्षिक अधिकार र गुणस्तरिय शिक्षाको लागि पहलकदमी,आवाज र आन्दोलन गर्ने बिद्यार्थी संगठनहरुलाई सोध्दा राम्रो गरेको छौ भन्नुहुन्छ । त्यतिमात्र हैन हाम्रो सरकार, विश्वविद्यालय,क्याम्पस,अन्य शैक्षिक संस्थाहरु र शिक्षाबिदहरु लाई बुझ्दा झन राम्रो गरेको छौ भन्नुहुन्छ । यसरी सबैले राम्रो मात्र गरेको तर गल्ती कसैले नगरेको भए किन आज हाम्र शिक्षा बेकामे भईरहेको छ वा शैक्षिक बेरोजगारीहरुको वृद्धि भइरहेको छ ? आजको मुल प्रश्न यहि हो ।
यी तमाम घट्ना र प्रश्नहरुको एउटै उत्तर हो । हामिले जीवनउपयोगी र चेतना मुलक शिक्षाको बिकास गर्न नसक्नु । हाम्रो जीवन संग हाम्रो शिक्षाको मेल नहुनु । हाम्रो जीवन पद्धति र हाम्रो शिक्षा बाझिनु । हाम्रो शिक्षा,हाम्रो जिवनबाट भाग्न खोज्नु । अहिले हाम्रो जीवन संग हाम्रो शिक्षा मिल्नु पर्ने ठाउमा जुझिरहेको,बाझिरहेको र भागिरहेको छ । त्यसैले अब यस्तो शिक्षा पद्धति र प्रणालिलाई बदलेर बैज्ञानिक,ब्याबहारिक,नैतिक र जनवादी शिक्षा प्रणाली लागू गर्नुको विकल्प छैन ।
यसको लागि सरकार,विश्वविद्यालयहरु,शिक्षाविदहरु,बिद्यार्थी संगठनहरु,सम्बन्धीत निकायहरु र सरोकारवालाहरु गंभिर ढंगले लाग्नु अत्यन्तै जरुरी छ।
-ललिन्द्र राई (एल.के)