मुम्बईस्थित रहेको आफ्नो भवन भत्काउन थालेपछि कगंना मनालीबाट केहीदिन अघि मुम्बई आएकी थिइन् । मुम्बईमा सबैकुरा मिलाएपछि उनी आफ्नो घर मनाली फर्किएकी छिन् ।
मनाली फर्किएकी कगंना अब १० दिनसम्म कतैपनि निस्कने छैनन् । सरकारको आदेश अनुसार यतिबेला कगंना होम क्वारेन्टिनमा छिन् ।
कोरोना संक्रमण फैलिन सक्ने भन्दै भारत सरकारले तय गरेको स्वास्थ्य मापदण्डका कारण उनी होम क्वारेन्टिन बसेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।