काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
आइतबारबाट सुरु भएको बैठकमा मन्त्रिमण्डल पुनर्गठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्ययोजना रहेको छ ।
सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक मंगलबार दिउँसो १२ः ३० बजे बस्ने गरी स्थगित भएको थियो ।