बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा धेरै बलिउड अभिनेत्रीहरु मुछिरहेका छन् । छानबिन गर्दै जादाँ धेरै नायिकाहरुको ड्रग्ससँग सम्बन्ध भएको देखिएको छ ।
रकुल प्रित सिंह, सुशान्तकी म्यानेजरको रुपमा काम गरेकी श्रुती मोदी र डिजाइनर सिमाने खम्बाटालाई आज (बिहिबार) सोधपुछका लागि बोलाइएको छ ।
यस्तै साराअली खान र श्रद्धा कपुरलाई शनिबार सोधपुछ गरिने बताइएको छ भने दिपिकाको पालो अलि पछि सारिएको छ । दिपिकाले आफ्नो स्वास्थ्यमा समस्या देखिएको भन्दै शुक्रबार गरिने भनिएको सोधपुछलाई पर सारिएको हो ।