नायिका दिपिका पादुकोणलाई शुक्रबार एनसिबीले सोधपुछ गरेको छ । दिपिकाले ड्रग्ससम्बन्धी च्याट गरेको पुष्टि भएपछि उनलाई सोधपुछको लागि बोलाइएको थियो ।
दिपिका गइन् र सत्य कुरा बताइन् । दिपिकाले आफूले ड्रग्ससम्बन्धी कुरा गरेको स्वीकारेकी छिन् । एनसिबीले दिपिकासँग ५ घण्टा सोधपुछ गरेको थियो ।
स्रोतका अनुसार दीपिकालाई सुरुमा नै उनीमाथि लागेको आरोपबारे प्रश्न सोधिएको थियो । डेटा ब्याकअपका लागि दीपिकाका दुईवटा मोबाइल पनि लिइए । उनलाई यसबारे कोही संदिग्ध वा आरोपीसँग कुरा नगर्न पनि भनिएको छ । उनलाई तीन चरणमा सोधपुछ गरिने जसका लागि ३–४ राउन्ड पनि हुनसक्ने जानकारी गराइयो ।
यस्तै एनसिबीले शनिबार साराअली खान र श्रद्धा कपुरसँग पनि सोधपुछ गरेको थियो । सारासँग ५ घण्टा र श्रद्धासँग गरिएको ६ घण्टाको सोधपुछमा दुवैले आजसम्म ड्रग्स सेवन नगरेको बताएका छन् ।