कोरोनाको महामारीका कारण करिब ६ महिना अघिदेखि रोकिएको चलचित्र ए मेरो हजुर ४ को छायांकन आउँदो शुक्रबारबाट सुरु हुने भएको छ । चलचित्रका निर्माता सुनिल कुमार थापाले यसबारे जानकारी दिएका हुन् ।
अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रमा अब दुर्गेश थापा पनि जोडिएका छन् । दुर्गेश र झरनाबिच कागजी सम्झौता भैसकेको छ । चलचित्रमा दुर्गेशको अभिनय रहनुको साथै चलचित्रको गीतमा उनको आवाज रहने समेत बताइएको छ ।
ए मेरो हजुर ४ को ५० प्रतिशत छायांकन लकडाउन अघि नै सकिसकेको थियो । अब बाकिँ रहेको ५० प्रतिशत छायांकन पनि धमाधम हुने बताइएको छ । गीत छोडेर बाकिँ छायांकन १५ दिनभित्र सकाउने योजना रहेको सुनिलले बताएका छन् ।