सुशान्तका परिवारको वकिलले भने, ‘सुशान्तले आत्महत्या गरेका होइनन् उनको घाँटी थिचेर हत्या गरिएको हो’



बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको ३ महिना बितिसक्दा पनि उनको निधनको कारण पत्ता लाग्न सकेको छैन । सुशान्तले गत जून १४ मा मुम्बईस्थित आफ्नो घरमा पासो लगाएर आत्महत्या गरेका थिए तर उनले यसो किन गरेका हुन् भनेर अहिले पनि अनुसन्धान भैरहेको छ र कारण पत्ता लाग्न सकेको छैन ।

हालैमात्र सुशान्तको केस हेरिरहेका वकिलले भने सुशान्तको आत्महत्या नभएर हत्या नै भएको दाबी गरेका छन् । सुशान्तका परिवारको वकिलले सुशान्तको घाँटी थिचेर हत्या गरिएको बताएका छन् ।

सुशान्तका वकिलले सुशान्तको जाँच गर्ने मेडिकलको डाक्टरले बताएको बयान अनुसार नै आफूले यी कुरा भनेको बताए ।  

प्रतिक्रिया दिनुहोस्