‘हो म चुरोट पिउँछु तर ड्रग्स कहिल्यै लिएकी छैन’ : दिपिका पादुकोण



एनसिबीले गरेको सोधपुछमा नायिका दिपिका पादुकोण आफूले ड्रग्स कहिल्यै प्रयोग नगरेको खुलाएकी छिन् । उनले ड्रग्स सम्बन्धी च्याट बारे प्रष्ट पार्दै आफूले ड्रग्सलाई नभएर चुरोटलाई माल भनेको बताएकी छिन् ।

दिपिकाले आफूले चुरोट भने पिउने गरेको खुलाएकी छिन् । तर ड्रग्समा आफ्नो कुनैपनि लेनदेन नभएको बताइन् । सिबिआईले शुक्रबार दिपिकासँग ५ घण्टा सोधपुछ गरेको थियो ।

छानबिन गर्दै जादाँ दिपिकाको ड्रग्ससँग कुनै लेनदेन नभएको भेटिएको छ ।  

प्रतिक्रिया दिनुहोस्