हाल चितवनमा निर्माण भैरहेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनलाई ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
फाउण्डेसनका अध्यक्ष कट्टेलले ५० लाख रुपैयाँको चेक महानगरले प्रदान गरेकोमा महानगर प्रमुख रेनु दाहाललाई धन्यवाद दिँदै निर्माण कार्यले थप गति लिने बताए । उनले अन्य रकमको बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गरे ।
भरतपुर महानगरपालिकाले पहिलो चरणमा ५० लाख सहयोग गरेको हो । यस्तो महामारीको समयमा पनि निरन्तर रगंशाला निर्माणको काम भैरहेकाले भरतपुर महानगरपालिकाले अझै रकम थप्दै जाने जानकारी दिएको छ ।