‘दर्पण छायाँ’ को सिक्वेलको रुपमा ‘दर्पण छायाँ पछि’ बन्दै, दोहोरिदैँ दिलीप, निरुता र उत्तम



दर्पण छायाँ, नेपाली चलचित्र जगतकै एउटा विशेष चलचित्र । यो चलचित्र नहेर्ने र मन नपराउने दर्शक सायदै छन् । दर्पण छायाँ भन्ने बित्तिकै दर्शकले सम्झने नाम उत्तम प्रधान, दिलीप रायमाझी र निरुता सिंहको हो ।

दर्पण छायाँ मा यी कलाकारले गरेको अभिनयले दर्शकको मन छोएको थियो । चलचित्रको कथावस्तु, निर्देशन, गीतसंगीतदेखि कलाकारको दमदार अभिनयले तयार भएको दर्पण छायाँ आज पनि धेरै दर्शकको फेबरेट चलचित्र हो ।

तुलसी घिमिरेको निर्देशन रहेको चलचित्रको सिक्वेलको रुपमा दर्पण छायाँ २ पनि बन्यो । तर बिडम्बना दर्पण छायाँ ले जस्तो सफलता भने पाउन सकेन । अब भने दर्पण छायाँ को वास्तविक सिक्वेल को रुपमा दर्पण छायाँ पछि निर्माण हुदैँछ ।

चलचित्र दर्पण छायाँ का अभिनेता उत्तम केसीले दर्पण छायाँ को स्क्रिप्ट तयार पारिसकेका छन् । उनले स्क्रिप्ट निकै नै राम्रो बनेको बताएका छन् । साथै उत्तमले दर्पण छायाँ पछि को स्क्रिप्ट आफूले तुलसी घिमिरेलाई पनि सुनाएको र उनले पनि मन पराएको बताए ।

उत्तमले लकडाउन नभएको भए चलचित्र यतिबेला फ्लोरमा गइसकेको हुने बताएका छन् । चलचित्र दर्पण छायाँ पछि मा पुनः एकपटक दर्शकले निरुता सिंह, दिलीप रायमाझी र उत्तम प्रधानलाई देख्न पाउने भएका छन् ।  

प्रतिक्रिया दिनुहोस्