ड्रग्स केसमा फसेपछि छोरी सारासँग असाध्यै रिसाएका छन् सैफ !



सुशान्त सिंह आत्महत्या प्रकरणमा मुछिएकी सुशान्तकी पूर्व प्रेमिका रिया चक्रवर्ती पक्राउ परेपछि बलिउडमा ड्रग्सबारे खुबै अनुसन्धान हुन थालेको छ । रियाले सुशान्तलाई ड्रग्स दिने गरेको पुष्टि भएपछि उनी पक्राउ परेकी थिइन् ।

रियाको बयानकै आधारमा यस मामिलामा बलिउडका चर्चित अभिनेत्रीहरु दिपिका पादुकोण, रकुल प्रित, श्रद्धा कपुर, साराअली खान मुछिन पुगे । एनसिबीले यी नायिकाहरुसँग सोधपुछ पनि गर्यो ।

तर भारतीय मिडियालाई मान्ने हो भने यसबिच साराअली खानका पिता अर्थात बलिउडका चर्चित अभिनेता सैफ अली खान भने आफ्नी छोरीसँग निकै नै रिसाएका छन् । उनी छोरीलाई सहयोग गर्ने पक्षमा नै नभएको भारतीय मिडियाले जनाएको छ ।

सैफ छोरीलाई समस्यामा छोडेर श्रीमती करिना कपुरसँग दिल्ली पुगेका छन् । साराकी आमा पनि उनीसँग रुष्ट भएका कारण उनलाई सहयोग नगरेको बताइएको छ । यतिबेला सारालाई उनकी हजुरआमाले सहयोग गरिरहेकी छिन् ।   

प्रतिक्रिया दिनुहोस्