बलिउड अभिनेता अभिषेक बच्चन बेला बेलामा ट्रोल हुने गर्छन् । वास्तवमा भन्ने हो भने उनी ट्रोल हुने खालका कुनैपनि काम गर्दैनन् तरपनि दर्शकले उनको मजाक उडाइरहेका हुन्छन् । तर ट्रोलर्ससँग, फ्यानसँग कसरी व्यवहार गर्ने त्यो अन्य सेलिब्रेटीले पनि सिक्न आवश्यक छ ।
अभिषेक हरेक कुरालाई सकरात्मक रुपमा लिने गर्छन् । ट्रोलर्सले गाली गर्दा पनि उनी राम्रै व्यवहार गर्ने गर्छन् । हालैमात्र पनि भारतमा १५ अक्टोबरबाट हलहरु सञ्चालनमा आउने भएपछि अभिषेकले यो हप्ताकै सबैभन्दा राम्रो समाचार सुन्न पाइयो भन्ने ट्वीट गरेका थिए ।
उक्त ट्वीटमा एकजनाले कमेन्ट गर्दै तपाईलाई फिल्म पाउनु जस्तो लाग्छ भन्दै ? उनको मजाक उडाएका थिए । जसको अभिषेकले गतिलो जवाफ फर्काएका छन् । उनले ट्रोलर्सलाई जवाफ दिदैँ भने, ‘यो अफसोसको कुरा हो, तपाईं अर्थात् दर्शककको हातमा छ । यदि तपाईंहरुलाई हाम्रो काम मन पर्दैन भने हामीले अर्को फिल्म पाउँदैनौं । त्यसैले हामी पूरा ज्यान नै लगाएर आफ्नो काम गर्छौं र राम्रो परिणामको आशा गर्छौं ।’
अभिषेकको यो रिप्लाईलाई धेरैले लाइक र रिट्वीट पनि गरेका छन् । उनले दर्शकको माया र साथ पाउनको लागि आफ्नो तर्फबाट सधैँ सक्दो प्रयास गरिरहने बताएका छन् ।