यौन शोषणको आरोप लागेका अनुराग पुगे पुलिस स्टेशन, अब पक्राउ पर्ने सम्भावना प्रवल



बलिउड निर्देशक अनुराग कश्यप यौन शोषणको आरोप लागेपछि पुलिस स्टेशन पुगेका छन् । उनी विरुद्ध अभिनेत्री पायल घोषले उजुरी दिएकी थिइन् । पायलले अनुरागले आफूलाई वासरुममा लगेर नराम्रो भिडियो देखाएको आरोप लगाएकी थिइन् ।

त्यतिमात्र नभएर पायलले बारम्बार अनुराग विरुद्ध उजुरी दिएपछि आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै ज्यानको खतराको भएको बताउँदै अनुरागलाई पक्राउ गर्न माग गरेकी थिइन् ।

प्रहरीले सोधपुछको लागि अनुरागलाई प्रहरी स्टेशन बोलाएको छ । पायलको बयान अनुसार अनुराग जेल पर्ने सम्भावना प्रवल देखिएको छ ।   

प्रतिक्रिया दिनुहोस्