बलिउड तथा हलिउडकी पनि चर्चित नायिका प्रियंका चोपडाले सामाजिक सञ्जाल मार्फत देशमा दैनिक रुपमा बढिरहेको बलात्कारबारे आक्रोश पोखेकी छिन् ।
केहीदिन अघि भारतको उत्तर प्रदेशमा २२ बर्षिया युवतीको सामूहिक बलात्कार भएको थियो । बलात्कारीले सजाय अहिलेसम्म पाउन सकेका छैनन् ।
प्रियंकाले आक्रोश पोख्दै लेखेकी छिन्, ‘बलरामपुरबाट अझै डरलाग्दो खबर आएको छ । हरेक बलात्कार मात्र दोश्रो नम्बर होइन । यसको पछि सिंगो परिवार हुन्छ, जसलाई सधै डराएर वाच्नुपर्ने हुन्छ । हामी सबैले यो क्रुरतापूर्ण घटनाका लागि लाजले आफ्नो शिर झुकाउनु पर्दछ कि हामीले हाम्रा महिलाहरुका लागि केही पनि गर्न सकेनौ ।’