प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारमा कोरोना संक्रमण पुष्टि



प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापामा कोरोना संक्रमण पुष्टि भएको छ । सूर्य स्वयमले यसबारे जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्