कोरोनाका कारण छिमेकी राष्ट्र भारतमा १ लाख बढीले ज्यान गुमाइसकेका छन् ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका कारण १ हजार ६९ जनाले ज्यान गुमाएका छन् भने ७८ हजार ७ सय ७६ नयाँ कोरोना संक्रमित थपिएका छन् । यद्यपि अन्य दिनको तुलनामा संक्रमितको संख्या कम हो ।
अहिलेसम्म भारतमा ६४ लाख ७३ हजार ५ सय ४५ जनामा संक्रमण पुष्टि भएकोमा ५४ लाख २७ हजार ७ सय ७ जना निको भइसकेका छन् । सर्वाधिक धेरै कोरोना संक्रमित निको हुने देशको सुचीमा भारत पहिलो स्थानमा छ ।