हालैमात्र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख प्रेस सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएको थियो । यसैबिच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘हिजोको एपीसीआर परीक्षणबाट ममा पनि कोरोना– पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभावले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’