एक महिलाले एकैपटक जन्माइन् पाँच बच्चा, एक शिशुको भने गर्भमै मृत्यु



नुवाकोटकी २८ वर्षीया एक महिलाले ५ जना शिशुलाई जन्म दिएकी छन् ।

अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत ५ जना शिशुको जन्म भएको हो ।

शल्यक्रियामार्फत जन्माइएको शिशुहरु मध्ये एकजना भने गर्भमै मृत भएको र   अन्य ४ जनाको एनआइसीयुमा अब्जरभेसनमा राखिएको अस्पतालले जानकारी दिएको छ ।

एकैपटक ५ वटा बच्चा जन्माएको केस हामीले एकदमै कम सुन्ने गरेका छौँ । झन् यी महिलाले त ८ महिनामै शल्यक्रियामार्फत ५ बच्चालाई जन्म दिएकी छन् । १ बच्चा मृत जन्मदाँ पनि महिलाको स्वास्थ्य स्थिति भने सामान्य नै छ ।

प्रतिक्रिया दिनुहोस्