काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सोमबार आयोजित एक कार्यक्रम बीच कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा महानगरीय विमान स्थल सुरक्षा कार्यालयका प्रमुख,महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, महानगरीय अपराध महाशाखाका प्रमुख, महानगरीय प्रहरी परिसर,काठमाण्डौ,ललितपुर र भक्तपुरका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले उक्त कार्यसम्पादन सम्झौताको उद्देश्य र लक्ष्यबारे जानकारी दिँदै श्रद्देय संगठन प्रमुखबाट महानगरीय प्रहरी प्रमुखसँग भएको कार्यसम्पादन सम्झौता र उपत्यकाको कार्यशैली अनुसार रहेको जानकारी दिए ।
कोभिड-१९ विश्वव्यापी महामारीको बिषम परिस्थितीमा उपत्यकाको शान्ति सुरक्षा कायम गरेकामा गर्व महसुज भएको बताउदै यस कार्यसम्पादन सम्झौताले महानगरीय प्रहरीलाई पद्धतिगत रुपमा अग्रगमनमा लैजान सहयोगी हुने विश्वास व्यक्त गरे।
प्रहरी कर्मचारीले कार्यसम्पादनको क्रममा पवित्र, विवेकशील भई अगाडि बढ्नुपर्ने उल्लेख गर्दै सधैँजसो आम नागरिकको चासो र सरोकारको विषय बन्ने गरेको प्रहरी सेवा रणनीतिक, योजनाबद्ध, निरन्तर र परिणाममुखी हुनुपर्नेमा उनले जोड दिए