यी हुन् सामान्य रुघाखोकी र कोरोना संक्रमणबिचका भिन्नता–



मौसम परिवर्तन हुने समयमा मानिसलाई धेरैजसो रुघाखोकीले सताइरहेको हुन्छ । अहिले पनि मौसम परिवर्तन हुने समय छ । जसका कारण धेरै मानिसमा रुघाखोकीको समस्या देखिएको छ ।

तर अहिले जताततै कोरोनाको त्रास भएका कारण सामान्य रुघाखोकी लाग्दा मात्रै पनि मानिसलाई कोरोना नै हो की भन्ने डरले सताइरहेको हुन्छ । स्वास्थ्यविद्का अनुसार सामान्य रुघाखोकी र कोरोनाको लक्षणमा धेरै फरक हुन्छ । आज हामी यहाँ त्यसैबारे चर्चा गर्नेछौँ ।

यी हुन् सामान्य रुघाखोकी लाग्दा देखिने लक्षणहरु–

  – नाकबाट पानी आउने

–   नाक बन्द हुने

–   हाँछ्यु आउने

–   हल्का ज्वरो आउने

–   शरीर दुख्ने

– टाउको दुख्ने

–  सामान्य उपचारले पनि आराम मिल्ने

– अस्पतालमा भर्ना हुनुपर्ने खालका लक्षण खासै देखा नपर्ने

यस्तै यी हुन् कोरोनाका लक्षणहरु–

– उच्च ज्वरो आउने

–  सुख्खा खोकी लाग्ने

– एकदम थकाइ लाग्ने

–  सास फेर्न गाह्रो हुने

–   घाँटी खसखस गर्ने र बोली परिवनर्त हुने

–  स्वाद वा गन्थ थाहा नहुने

–  खाना नरुच्ने

अहिले हामीले आफ्नो स्वास्थ्यको निकै ध्यान दिनुपर्ने अवस्था छ । जथाभावी हिड्दा, आफ्नो स्वास्थ्यको ख्याल नराख्दा हाम्रो ज्यानै जान सक्छ । त्यसैले हामीले बिनाकाम अहिले घरबाट बाहिर ननिस्कनु उचित हुन्छ ।  

प्रतिक्रिया दिनुहोस्