रुपन्देहीका नेकपा कार्यकर्ताहरुले दिए संयुक्त राजीनामा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी सदस्य रहेका रुपन्देहीका करिब दुई हजार तीन सय व्यवसायीहरुले नेकपाको पार्टी सदस्यबाट राजीनामा बुझाएका छन् ।

राजीनामा दिनेहरुमा पाटीको केन्द्रीय विभागका सदस्यहरु समेत छन् । यस क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघसंस्थामा दुई हजार तीन सय हाराहारी नेकपा पार्टी सदस्य छन् ।

व्यवसायीहरुले नेकपा नेतुत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेका राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका हुन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका पूर्वअध्यक्ष माधव नेपालले पार्टीलाई सरकारमा पु¥याउन महत्वपुर्ण भूमिका निर्वाह गरेका व्यवसायी मतदाताको अवमूल्यन भएको बताए ।

पार्टीले निरंकुश तरिका अपनाएर राजधानी सार्ने निर्देशन ग¥यो । हाम्रा माननीयहरुलाई मत राख्न समेत बञ्चित गरियो । यसरी निरंकुशता स्वीकार गरेर पार्टीमा बस्नुको कुनै औचित्य नभएकोले राजीनामा दिने दिने निर्णय गरेका हौ, बुटवलमा आयोजित पत्रकार सम्मेलनम रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले भने ।

नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले निर्वाचनका बेला व्यवसायीको काध चढेर चुनाव जितेका पार्टीका नेताहरुसँगै बस्नुको कुनै औचित्य नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्