काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मन्त्रिपरिषद पुनर्गठन, सरकारले गरेको सवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकताका बाँकी काम लगायतका एजेण्डामा छलफल शुरु भएको बालुवाटभार स्रोतले जनाएको छ ।
अवश्यकताअनुसार मन्त्री हेरफेर गर्ने कि खाली रहेका मन्त्रालयमा मन्त्री मात्र पठाउने विषयमा आजको बैठकले टुङ्गों लगाउने बताइएको छ ।
अध्यक्षद्धय केपी शर्माअोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बीचमा शुरुमा खाली रहेका तीनवटा मन्त्रालयमा मन्त्री पठाउने त्यसपछि बाँकी मन्त्रालयको विषयमा छलफल गर्ने सहमति गरेको स्रोतले जनाएको छ ।