काठमाडौं । २४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदैं गएको छ । केसीको उपचारमा संलग्न रहेका चिकित्सकहरुले बुधबार बिहान डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बनेको बताएका छन् । रक्तचाप घटेर ७०/५० पुगेको चिकित्सकहरुको भनाई छ ।
यस्तै केसीको शरीरमा थकान, रिंगाटा लाग्ने, मुटुको धड्कन अनियमित, मांसपेशी दुखाईको समस्या रहेको चिकित्सकरुले बताएका छन् । डाक्टर केसीको शरीरमा अक्सिजनको मात्रा पनि घट्दो छ । उनलाई बेलाबेला अक्सिजन दिइएको छ ।
केसीको उपचारमा रहेका चिकित्सकहरु डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आन्तरिक परामर्शमा छन् । डाक्टर सुभाष आचार्य नेतुत्वको चिकित्सक टिमले केसीको स्वास्थ्य अवस्थाबारे परीक्षण गरिरहेका छन् ।