कोरोनाको उच्च जोखिममा सर्तकता अपनाउन उपत्यकावासीलाई सरकारको आग्रह



काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस कोभिड १९ को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अरु जिल्लामा संक्रमण नियन्त्रण उन्मुख भए पनि उपत्यकामा बढिरहेको बताए ।

स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै उनले भने, ४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जाखिम बढ्छ । त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँड्डुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जाखिमलाई ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्