काठमाडौं । नेपालमा एकैदिन ३ हजार ४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १६८४ जना रहेका छन् ।
यससँगै देशभर कोरोना भाइरस संक्रमितको संख्या २५ हजार नघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिए ।
सरकारले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले यो निर्णयलाई निरन्तरता दिन्छ या परिमार्जन गर्छ भन्नेमा चाहिँ थप जानकारी दिइएको छैन ।