काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ । हिजो (बुधबार) मात्र ३ हजार ४ सय ३९ जना थपिएसँगै २५ हजार नाघेको हो ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार संक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ । गएको असोज ७ गते बसेको मन्त्रालयको ‘इन्सिडेन्ट सिस्टम’ को बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस गरेको थियो । देशमा संक्रमण दर यस्तै रहे दुई÷तीन दिनमै संक्रमितको संख्या एक लाख पुग्ने विज्ञहरुले अनुमान गरेका छन् । हाल काठमाडौंमा संक्रमण दर उच्च देखिएको छ ।
पछिल्लो समय दिनहुँ देखिने संक्रमितको आधाभन्दा बढी काठमाडौंका रहेका छन् । काठमाडौंमा ५ देखि ७ प्रतिशत मात्र ‘ट्रभल हिस्ट्री’ छ । पिसीआर परीक्षण गरिएकामध्ये संक्रमणको दर ८.४६ प्रतिशत छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा बादुदेव पाण्डले अव उच्च रुपमा स्वास्थ्य सतर्कता अपनाउने पर्ने अवस्था आएको बताउँछन् ।
उनका अनुसार उपत्यकामा समुदायमा संक्रमण गइसकेको छ । संक्रमण समुदायमा कस्तो अवस्थामा छ भन्ने कुरा प्रिभिलेन्स सर्भेको नतिजाले स्प्रष्ट पारेको उनले बताए ।
‘काठमाडौंमा जहाँ परीक्षण गर्यो त्यँही कोरोना देखिन्छ,’ पाण्डले भने, ‘तर, संक्रमणको स्रोत थाहा पाउन गाह्रो छ ।’ उक्त समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।