काँग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधन



काठमाडौं । नेपाली काँग्रेसको पूर्व कोषाध्यक्ष रामबाबु प्रसाई खनुपरुदे को ९९ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार मध्यान्न १२ बजे चावहिलस्थित ओम अस्पतालमा प्रसाईँको निधन भएको काँग्रेस संगठन विभागका सचिव झापा निवास विनकुमार विश्वक्रमाले जानकारी दिए । उनका श्रीमति, तीन छोरो र दुई छोरी छन् ।

उनका अनुसार प्रसाईलाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या आएपछि एक साताअघि ओम अस्पाताल भर्ना गरिएको थियो । उनलाई कोरोना संक्रमण भएको थियो । उनकी श्रीमतीलाई पनि कोरोना संक्रमित भएको बुझिएको छ । नेपाली सेनाको शव व्यवस्थापन टोलीले दिउँसो ४ बजे प्रसाईँको दाहास्कार गर्ने विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्