बृहत यौनीकता शिक्षाललाई ब्यापक छलफल गरेर पाठ्यक्रममा समावेश गर्छौं : संसद खत्री



नेपाल युवा संस्था सञ्जाल(आयोन)ले आयोजना गरेको बागमती प्रदेशमा पाठ्यक्रममा बृहत यौनीकता शिक्षा बिषयक अन्लाईन छलफल कार्यक्रममा बागमती प्रदेशका सांसद तथा प्रदेश सभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिका सदस्य भिमसेन खत्रीले प्रदेश सरकारले आगामी दिनमा बनाउने पाठ्यक्रममा उमेर सुहाउँदो बृहत यौनीकता शिक्षाललाई पाठ्यक्रममा समावेश गरिने बताउनु भएको छ ।

सांसद खत्रीले जन्म देखि मृत्यु सम्मका हरेक समयमा बृहत यौनीकता शिक्षाका कुरा एक आपसमा जोडिने भएकाले यस्को आवश्यकता महत्वपूर्ण रहेको बताउनुभयो । संघीय सरकारले तयार गरेको पाठ्यक्रममा कक्षा ९-१० मा स्वास्थ्य तथा जनसङ्ख्या विषयलाई अनिवार्य बिषय बाट ऐच्छिक विषय बनाएकोमा आफु खुसी नरहेको बताउनुभयो । हरेक मानिसको दैनिक जिवनमा एक आपसमा आई पर्ने शिक्षा र स्वास्थ्यको विषयलाई अझ फराकिलो बनाउनु पर्नेमा ऐच्छिक बनाईएकोले पछि समाजमा स्वास्थ्यमा ठुलो समस्या सृजना हुनसक्ने बताउनुभयो ।

प्रदेश सरकारले बृहत यौनीकता शिक्षाललाई पाठ्यक्रममा समावेश गर्न विभिन्न छलफल गरिरहेको र आगामी दिनमा प्रदेश भित्रका ११९ पालिकाका विधालयमा पठनपाठन गरिन् बताउनुभयो ।

यस्तै कार्यक्रममा सहभागी हेटौडा उपमहानगरपालिकाको उपप्रमुख मिना कुमारी लामाले उपमहानगरपालिकाले औपचारीक कार्यक्रम सँगै अनैपचारीक रुपमा बृहत यौनीकता शिक्षाका कार्यक्रम लाई अगाडी बढाएको बताउनुभयो । उहाँले विधालय तहमा पाठ्यक्रम मार्फत र विधालय बाहिर स्वास्थ्य संस्थाहरु मार्फत् यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने आवश्यकता बजेट विनियोजन समेत गरिएको बताउनुभयो ।

कार्यक्रमका अर्का वक्ता सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका उपसचिव खुविराम अधिकारीले शिक्षा ऐनले प्रदेश सरकारलाई ऐच्छिक विषयको मात्र पाठ्यक्रम बनाउने अनुमति दिएकाले प्रदेश सरकारले अब बनाउने पाठ्यक्रममा विश्व स्तरीय प्रचलनका आधारमा कक्षागत रुपमा बृहत यौनीकता शिक्षाललाई समावेश गरिने बताउनु । हाम्रो समाजमा बृहत यौनीकता शिक्षा प्रतिको हेर्ने दृष्टिकोण समेत खराब रहेका शिक्षा निर्देशनालयले शिक्षकहरु लाई विभिन्न तालिम तथा छलफलका माध्यमबाट यस्ता खराब दृष्टिकोण लाई समाजबाट हटाउन लागि पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल युवा संस्था सञ्जालकी कार्यक्रम व्यवस्थापक सुस्मिता श्रेष्ठ कार्यक्रमको सुरुवातमा कार्यपत्र प्रस्तुत गर्दै अहिलेको पाठ्यक्रममा बृहत यौनीकता शिक्षा सम्बन्धी विषयवस्तुको अभाव रहेको कुरा उल्लेख गर्नुभयो । उहाँले बृहत यौनीकता शिक्षा यौन शिक्षा मात्र नभई समग्र स्वास्थ्य सँग जोडिएकाले हरेक उमेरका व्यक्तिलाई बृहत यौनीकता शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका करिब ३० जना युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल युवा संस्था सञ्जालका कार्यसमिति सदस्य खिमानन्द देबकोटाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्