बलिउड अभिनेता आमिर खानकी छोरीको खुलासा : ‘म ४ बर्षदेखि डिप्रेशनमा छु’




बलिउडका चर्चित अभिनेता आमिर खानकी छोरी इरा खान विगत ४ बर्षदेखि डिप्रेशनबाट गुज्रिरहेकी छिन् । यो कुराको खुलासा इरा स्वयमले गरेकी हुन् ।

१० अक्टोबरमा परेको विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै उनले यसबारे जानकारी दिएकी हुन् ।

भिडियोमा इरा भन्छिन्, ‘हाय ! म डिप्रेस्ड छु । म चार वर्षदेखि डिप्रेशनमा छु । म डाक्टरकोमा पनि गएकी थिएँ । म क्लिनिकल्ली डिप्रेस्ड हुँ । तर अब म राम्रो महसुस गरिरहेकी छु र पछिल्लो एक वर्षदेखि मानसिक स्वास्थ्यको विषयमा केही गर्न चाहिरहेकी थिएँ । तर बुझ्न सकेकी थिइनँ कि के गरुँ ।’

प्रतिक्रिया दिनुहोस्