काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कर्णाली प्रदेशकी नवनियुक्त प्रमुख सचेतक सीता नेपालीले आगामी कार्तिक ७ गतेलाई संसदीय दलको बैठक बोलाएकी छन् ।
सचेतक नेपालीले आफ्नो अधिकार प्रयोग गर्दै आगामी कार्तिक ७ गतेलाई बैठक बोलाएको जानकारी दिइन् । कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर विरुद्ध नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णाली प्रदेशमा विवाद आइरहेका बेला नवनियुक्त प्रमुख सचेतकले बैठक बोलाएकी हुन् ।