राकेश कुमार शर्मा
नाम मात्रको राजावादी पार्टीहरु ! इर्ष्या र घमण्ड बाहेक एक आपसमा मेलमिलाप कसैको छैन ? सबैलाई ठुल ठुला पद र मान सम्मान चाहिएको छ । वास्तवमा भन्ने हो राजावादी पार्टीहरुको कमि कमजोरीको कारण नै राजा ज्ञानेन्द्र शाहले नासो जिम्मा लगाउने परिस्थिति आएको हो ।
राजावादीको नाम बाट जति पनि राजावादी पार्टीहरु छन एकढिक्का नहुनुमा दोषीहरु को को रु के नाम मात्रको राजावादी पार्टी हो र ! राजावादीको नाममा संचालित जति पनि पार्टीहरु छन वास्तविक राजावादीहरु नै हुन भन्ने प्रश्न चिन्ह पनि खडा भएको छ । राजालाई खोपीको देवता पनि भनिन्छ । राजालाई दरबार अर्थात निर्मल निवास भन्दा बाहिरको मुलुकको वास्तविकताहरु बारे नै अवगत हुन पाउँदैन भन्ने गुनासोहरु बेला मौकामा सुन्न पाइन्छ सत्य तथ्य के हो ?
राजा ज्ञानेन्द्र शाहले नेपाली जनताहरुले पुनः राजगद्दीमा ल्याएर राख्लान भन्ने भ्रममा नपर्नु होला भन्ने मेरो आग्रह छ । हाम्रो मुलुक नेपालमा वास्तविक जनताहरु नै छैनन । राजनीतिक पार्टीका कार्यकर्ताहरु छन । राजाले यसरी सजिलैसँग सत्ता छोडेको इतिहास कतै पनि छैन ।
मुलुकमा जनताहरु भएको भए पो राजाको महत्त्व र योगदानलाई कदर गर्थे १ राजाको पालामा मालपोत तिर्नु पर्दैन थियो ! नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई एकीकृत सम्पत्ति कर तिर्नु पर्दैन थियोे ! सांसदहरूको संख्या अधिकतम २०५ भन्दा बढी थिएन ! अहिले संघीय संसद र प्रदेश संसद गरी ८८४ जना सांसदहरूको संख्या छ ।
मुलुकमा जनताहरु भए पो यी कुराहरू समझमा अर्थात दिमागमा आउँथ्यो ! राजाको परिवारहरुले खाएको सहन भएन तर अहिले ८८४ जना सांसदहरूले राज्यकोष ढुकुटी ब्रहम्लुट गरेको कसैले देख्दैनन ! मुलुकमा जनताहरु भए पो ?
राष्ट्रिय बजेटको अभावमा पनि राजा महेन्द्र संग चेतना, दुरदृष्टि र दुरदर्शिता थियो । मुलुकमा पाँच विकास क्षेत्र, राष्ट्रियसभा गृह, प्रज्ञा प्रतिष्ठान, खुलामञ्च, टुंडिखेल, दशरथ रङ्गशाला, एयरपोर्ट, पूर्वपश्चिम जोडने राजमार्ग, चीन जोडने अरनिको राजमार्ग, त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग, विश्वविद्यालयको नाममा बल्खुको डाँडाको जग्गा छुट्टयाइएको, चितवनमा कृषि क्याम्पस र अनुसन्धानका लागि सयौं बिघा जग्गा छुट्टयाइएको, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिंग अस्पताल, राष्ट्रिय नाचघर, प्राविधिक शिक्षालयहरु, प्रदर्शनी मार्ग, क्याम्पसहरू, ट्रलीबस, रोपवेहरु, औलो उन्मूलनदेखि पुनर्वाससम्मका विशाल योजनाहरु र आयात निर्यातमा सहज हुने गरी विराटनगर लगायतका औद्योगिक क्षेत्रमा करिडोर आदि आदि जस्ता मुलुकमा भएका थुप्रै ठाउँहरु राजा महेन्द्र कै देन हो । मुलुकमा जनताहरु भए पो यी सबै कुराहरू बुझ्ने थिए रु मुलुकमा छोटो मानसिकता र अबुझहरुको झुंड छ ।
राजा ज्ञानेन्द्र शाह ज्यु लाई मेरो सुझाव र सल्लाह हाम्रो मुलुकमा जनताहरु छन र जनताहरुले राजगद्दीमा बसाली देलान भन्ने भ्रममा पर्नु भयो भने सय वर्षमा पनि मुलुकमा राजसंस्था फर्कन सक्दैन असम्भव छ किनभने नेपालमा वास्तविक जनताहरु नै छैनन ।
राजा ज्ञानेन्द्र शाहले राजदरबार छोडनु भन्दा पहिले पत्रकार सम्मेलन मार्फत दिएको संदेशको दृश्य हेर्ने हो भने नियम, ऐन र कानुन बमोजिम विक्रम सम्वत २०४७ सालको संविधानको अन्त्य भएको छैन ।
यसकारण राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूका नेताहरूलाई जिम्मा दिएको नासो तत्काल कुटनीतिक प्रयास मार्फत फिर्ता लिने समय आइसकेको छ अर्थात राजा ज्ञानेन्द्र शाहले अब सत्ता खोसेर लिनुपर्ने समय आएको छ ।