फोक्सोको क्यान्सरबाट पिडित सञ्जयले फ्यानका लागि बनाए यस्तो भिडियो…



केहीसमय देखि बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको स्वास्थ्य अवस्था ठिक छैन । फोक्सोको क्यान्सर भएपछि उनको उपचार भैरहेको छ । फोक्सोको क्यान्सर चौथो स्टेजमा पुगेपछि उनी केहीसमय अघि परिवारसँग उपचारका लागि दुबई गएका थिए ।

केही हप्ताअघि सञ्जयको एक तस्बिर भाइरल भएको थियो । जहाँ उनी निकै बिरामी देखिएका थिए । त्यसपछि विभिन्न भारतीय मिडियाहरुले सञ्जयको स्वास्थ्य झनै बिग्रिएको बताएपछि सञ्जयका फ्यान निकै निराश भएका थिए ।

अहिले भने सञ्जयले इन्ष्टाग्राममा फ्यानका लागि एक भिडियो सार्वजनिक गरेका छन् । सञ्जयले भिडियोमा आफ्नो स्वास्थ्य अवस्था अहिले ठिक रहेको बताउँदै अनावश्यक समाचार प्रकाशन गरेर आफ्ना फ्यानलाई निराश नबनाउन आग्रह गरेका छन् । साथै सञ्जयले उनको लागि प्राथना गर्ने फ्यानलाई धन्यवाद पनि दिन भ्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्