काठमाडौं । उच्च रक्तचाप श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री खनाल बुधबार साँझ धुमबाराहीस्थित ह्याम्स असपताल भर्ना भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
अहिले खनालको स्वास्थ्य अवस्था सामान्य रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । छाती रोग विशेषज्ञ डा रक्षा पाण्डेको नेतुत्वको टोली खनालको उपचारमा संलगन रहेको ह्याम्स अस्पतालका निर्देशक डा ज्योतिन्द्र जानकारी दिए ।