पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै उपत्यकामा मात्र १ हजार ९३५ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँका १६९२, ललितपुरका १०८ र भक्तपुरका १३४ रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको गौतमले बताए ।
पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।