‘प्रहरीको रासन सुविधामा सुधार गर्न मन्त्रालय तत्पर छ’ : गृहमन्त्री थापा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरीको रासन सुविधा र कल्याणको कार्यक्रम समानुकुल सुधार गर्न आफू तयार रहेको बताएका छन् ।

६५ औं प्रहरी दिवसको अवसमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा बोल्दै बादलले भने, ‘रासन सुविधा र कल्याणको कार्यक्रम समयानुकुल सुधार गर्न मन्त्रालय तत्पर छ ।’

काठमाडौं उपत्यकामा अहिले प्रहरी जवानले दैनिक १ सय ७५ रुपैयाँ रासन खर्च पाउँछन् । दुर्गममा रासन सुविधा फरक छ ।

प्रहरीको हजारौं राम्रो कामको वेवास्ता र औंलामा गन्न सकिने केही कमजोरीको प्रचार गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै बादलले भने, ‘प्रहरीलाई तेजोबध हैन, रचनात्मक सुझाव अहिलेको आवश्यकता हो ।’

संघीय प्रणालीमा रुपान्तरण हुनका लागि तयार रहन प्रहरी अधिकारीलाई निर्देशन दिँदै उनले लकडाउन र कोरोना संक्रमणका कारण नयाँ सुरक्षा चुनौती थपिएको बताए ।

प्रतिक्रिया दिनुहोस्