बलिउडका चर्चित अभिनेता विवेक ओबरोयको मुम्बइस्थित घरमा प्रहरीले छापा मारेको छ । उनको घरमा बैगंलुरु प्रहरीले छापा मारेको हो ।
ड्रग्स केसमा विवेक ओबरोयका सालो आदित्या आल्वाको कथित रुपमा संलग्नताका कारण छापा मारिएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।
प्रहरीले आदित्य विवेकको आफन्त भएका कारण उनको घरमा छानबिन गरेको बताएको छ ।