काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतुत्वको नेकपाका ललितपुर सेक्रटरी सावित्रा अधिकारी ‘विदुषी’ लाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीलाई शनिबार ललितपुरको पाटनबाट प्रहरीले पक्राउ गरेको छ ।
विप्लव समूह ललितपुरका ४१ वर्षीय डिसीएम साुनराजा बज्राचार्य ‘श्याम’ लाई विस्फोटक पदार्थसहित ललितपुर प्रहरीले पक्राउ गरेको प्रकरणमा सेक्रेटरी अधिकारीले एक विज्ञप्ति जारी गर्दे ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्क्याएकी थिइन् ।
विज्ञप्तिमार्फत अधिकारीले सरकारको मतियार एसएसपी राईलाई जनताको सामान्य नागरिक भए बाँच्ने अधिकारको हनन् गर्ने, नागरिकको चरित्र हत्या गर्ने, खालका अभिव्यक्ति दिने र एक राजनीतिक पार्टीमा आस्था राखेको आधारमा एक स्वतन्त्र नागरिक भएर जिउने अधिकारको हनन् गर्दै अनावश्यक खानतलासी गर्ने, घर घेर्ने धरकपट तथा शारीरिक तथा मानसिक यातना दिने काम तुरुन्त रोक्न निर्देशन दिएकी थिइन् ।