कर्णाली प्रदेशमा आज मन्त्रिमण्डल हेरफेर, ओली समुहका दुई मन्त्री हटाइँदै



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्दैछन् । मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई हटाएर मन्त्रीमण्डल पुर्नगठन गर्न लागेका हुन् । हटाउन लागिएका दुबै मन्त्री प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका हुन् ।

असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसँगै उत्पन्न विवादले कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन हुने संकेत देखिएको हो । स्रोतका अनुसार मुख्यमन्त्री शाहीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ३ जनालाई सम्‍भवतः आइतबारै मन्त्री बनाउँदैछन् ।

वली समुहबाट सामाजिक विकास मन्त्री बनेका दल रावलले आइतबार विहानै सामाजिक सञ्जालमा स्टाटस लेख्दै ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शीशु अवस्थामा पु¥याएको उल्लेख गरेका छन् ।

‘सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शीशु अवस्थामा पु¥याउन प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गर्नुहुने समआदरणीय महानुसभावहरुप्रति ऋणी छु,’ सामाजिक विकास मन्त्रीले सामाविक सञ्जालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्