काठमाडौं । नेकपा महासचिव विष्णु पौडेलले पार्टी फूटतर्फउन्मुख भएको बताएका छन् । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो मतभेद सतहमा आएकै बेला महासचिव पौडेलको नेकपाको एकीकृत अस्तित्व गम्भीर संकटमा परेको बताएका हुन् ।
केही दिन अगाडि दुवै अध्यक्षको सहमतिमा अर्थमन्त्रीको समेत जिम्मा पाए महासचिव पौडेलले आइतबार दिउँसो ट्वीटमार्फत एकताका लागि योगदान गर्नसमेत सबैसँग आग्रह गरेका छन् ।
यतिबेला नेकपाको एकीकृत र अभिभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दे पार्टी एकताको रक्षाका लाग योगदान गर्न समस्त नेता तथा सदस्यहरु समक्ष अनुरोध गर्दछु, महासचिव पौडेलको ट्वीटमा छ’ ।
दुई अध्यक्ष ओली र दाहालबीच ११ दिनपछि शनिबार भेट भए पनि पार्टी सचिवालय बैठक बोलाउने विषयमा सहमति जुट्न सकेको थिएन । यो सँगै उनीहरुबीचको विवाद थप बढेको आंशका भैरहँदा महासचिव पौडेलले पार्टी एकतामा संकट आएको बताएका हुन् ।